Logo

बाँकेमा प्रहरीले कोहलपुरमा खुकुरी हान्ने आकाश रानालाई गोली हानेर पक्राउ

Samachar Rekhanews १ मंसिर २०८०, शुक्रबार १४:१७ मा प्रकाशित

नेपालगञ्ज । बाँकेमा प्रहरीले खुकुरी हान्ने एक युवकलाई गोली हानेर पक्राउ गरेको छ ।

कोहलपुरमा बुधबार मिनबहादुर विकलाई खुकुरी प्रहार गरेका आकाशजंग रानालाई प्रहरीले गोली हानेर पक्राउ गरिएको जनाएको छ । प्रहरीलाई देखेपछि भागेका रानालाई तिघ्रामा गोली हानेर पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रहरीले तीन गोली हानेकोमा रानालाई एक गोली लागेको थियो । प्रहरीले उनलाई खजुराबाट पकाउ गरेको हो । तिहारको टीकाको दिन कोहलपुरमा विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजिरहेको थियो ।

सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले गोली चलाएको हो ।

खुकुरी प्रहारबाट घाइते विकको लखनउमा उपचार चलिरहेको छ ।

बाँकेमा प्रहरीले कोहलपुरमा खुकुरी हान्ने आकाश रानालाई गोली हानेर पकाउ

लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?