Logo

बाँकेमा फेरि एकसाताको लागि लम्बियो निषेधाज्ञा

Samachar Rekhanews १० जेष्ठ २०७८, सोमबार ००:५७ मा प्रकाशित

बाँके जेठ ९ गते ।
नेपालगन्जमा फेरि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा जारी निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि वैशाख १२ गतेदेखि २० गतेसम्म, त्यसपछि वैशाख २० गतेदेखि वैशाख २७ गतेसम्म त्यसपश्चात जेष्ठ ३ गतेदेखि जेष्ठ १० गतेसम्म निषेधाज्ञा जारी गरिएकोमा फेरि जिल्ला सुरक्षा समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ १७ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा आज जेष्ठ ९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भइरस संक्रमणको साङ्लो चुँडाल्न जेष्ठ १७ गते सम्म जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञाको अवधि लम्बियाउन निर्णय गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति प्रकाशित गरि जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?