Logo

बाँकेको शम्सेरगन्जमा बस दुर्घटनामा ६ जनाको मृत्यु, २३ जना घाइते

Samachar Rekhanews २३ भाद्र २०८०, शनिबार ०१:०४ मा प्रकाशित

बाँके भदौ २२ गते ।
दाङको चौखवा बाट बर्दिया आउँदै गरेको बस बाँकेको शम्सेरगन्जमा दुर्घटनामा परेको छ ।

बर्दिया जिल्लाको बेतेनी सामुदायिक बन उपभोक्ता समितिका ३९ जना व्यक्ती भ्रमण गरेर आउने क्रममा बाँके राप्तीसोनारी गाउँपालिका ८ बालापुर जाने बाटो नजिकै आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस र बाटोमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिक्दा ६ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला तथा ४ जना पुरूष रहेका छन, भने २३ जना घाइते भएका छन् ।

घटनामा मृत्यु तथा घाइते भएकाहरू लाई कोहलपुर मेडिकल कलेजमा ल्याई उपचार भइरहेको मृतक को नाम वतन थाह नभएको साथै थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।

मृतककाे नामावली
१) कस्तुरी थापा
२) काँशीराम थारू
३) रूपा परियार
४) जयन्त थारू
५) चानुराम चाैधरी
६) गोविन्द ठकुरि


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?