Logo

बाँकेमा बिपद पुर्बतयारी, १ लाख ५० हजार मानिस जोखिममा

Samachar Rekhanews ३१ जेष्ठ २०७८, सोमबार १९:५८ मा प्रकाशित

बाँके जेठ ३१ गते ।
मनसुन सक्रिय भए संगै बाँकेमा बिपद पुर्बतयारी थालिएको छ।
बाँके जिल्लामा यस वर्ष विपद्‌बाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिसहरू प्रभावित हुनसक्ने पुर्वानुमान गरिएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले उक्त अनुमान गरेको हो ।

त्यसका लागि पुर्ब तयारी थालिएको छ । सबैभन्दा बढी डुडवा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा बाढीले बढी क्षति पुर्याउने अनुमान गरिएको छ । बाढीबाट हुनसक्ने बिस्थापनका लागि पाल, खाद्यन्न, भाँडाकुँडा लगायतका सामाग्रीहरुका लागि विभिन्न संघसंस्थाहरुसंग समन्वय भइरहेको जनाईएको छ ।

बाढीमा फसेकालाई उद्दार गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तैनाथ हुने छन् । त्यसअघि धनजनको क्षति हुननदिन बाढी आउनु पुर्ब तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना दिइने व्यस्वस्था मिलाउने गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले सोमबार विपद प्रतिकारका निर्णयहरु सार्वजनिक गरेको छ ।

विपद्बबाट जुध्न राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्रको मिति जेष्ठ २८ गतेको जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त निर्देशन कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

यस वर्षको मनसुन विगतमा भन्दा वढी सक्रिय हुने भनि जल तथा मौसम विभागवाट पुर्वानुमान भए अनुसार सोही बमोजिम बाँके जिल्लाले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई बैठकले अनुमोदन गरिएको छ ।

बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला ,किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार मनसुन अवधिभर मनसुन सम्बन्धी सुचना तथा बुलेटिनहरुलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सवै संचार माध्यमहरुलाई अनुरोध गरिने छ ।

दैनिक मनसुन सम्वन्धी वाढी पूर्वानुमान महाशाखाले जारी गर्ने वुलेटीन सवै सरोकारवालालाइ दैनिक इमेल मार्फत उपलव्ध गराउने व्यवस्था जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले मिलाउने छ।

असारको पहिलो साताभित्र सवै स्थानीय तहहरुले मनसुन पुर्वतयारी बैठक गर्ने र निवार्य रूपमा तयारी गर्नुपर्ने सुझाव दिइएको छ ।     खोजखबर अनलाइन तस्बिर: विनय दीक्षितको फेसबुकबाट


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?