Logo

बाँकेमा मानवबेचविखन रोक्न समन्वय र सहकार्यमा बिशेष जोड

Samachar Rekhanews १२ बैशाख २०८०, मंगलवार १९:१४ मा प्रकाशित

नेपालगञ्ज, बैशाख १२ । मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।
प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो ।
बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी नै रहेकोमा चिन्ता व्यक्त गर्दै सो लाई न्युनिकरण गर्नका लागि काम गर्ने सबै संघसंस्था र स्थानीय सरकारविच अतिनै राम्रो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
बैठकमा सहभागि अधिकांशले बजेट र कार्यक्रम हुँदासम्म सक्रिय रहने र त्यसपछि वास्ता नगर्ने प्रवृत्ति हावी हुँदै गएको जनाउँदै बेचविखन विरुद्ध काम गर्ने संघसंस्थाहरुले बजेट र कार्यक्रम भएपनि, नभएपनि दुबै अवस्थामा गम्भीर भएर समन्वय र सहकार्य गर्दै कामलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याए ।
सो बैठकले अहिलेको अवस्थाको विष्लेशण गर्दै विभिन्न विषयमा खुला छलफल गरेर आगामी बैठकमा जिल्लाका आठ वटै पालिकाबाट बेचविखन न्युनिकरणका लागि कार्ययोजना बनाउने निर्णय गरेको थियो ।
बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगरका महिला विकास अधिकृत आशा शाहीले बेचविखन नियन्त्रणका लागि यो क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी सबै निकायले एकजुट भएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
सोही प्रकारले खजुरा गाउँपालिकाका महिला विकास अधिकृत सुशिला न्यौपानेले मानवबेचविखन रोक्ने कार्यलाई स्थानीय सरकारले आफ्नो प्रमुख योजनामा सामेल गर्नु पर्ने बताउनुभयो ।
बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहजीकरण गर्नु भएको सो बैठकमा प्लान नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामी, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका उपनिरिक्षक दिलसरा राना, अभियान नेपालका अध्यक्ष कमला पन्त, साथी संस्थाका प्रमुख सरस्वति शर्मा, शक्ति समुहकी प्रदेश संयोजक निर्मला पौडेलले पनि मानवबेचविखन एक गम्भीर समस्या बन्दै गएकोले यसलाई रोक्न सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदी, आफन्त नेपालका शाखा प्रमुख सुनिता शाह, थ्री एन्जल्स नेपालका शाखा प्रमुख महेश्वरी, बाँके युनेस्को क्लबका अनुगमन अधिकृत अनुप बर्मा, लेखा अधिकृत खिम थापा, फिल्ड सुपरभाइजर शंकरसिंह थारु र रन्जना बिक लगायतले पनि बेचविखन रोक्न चाल्नु पर्ने कदमबारे आफ्नो सुझाव प्रस्तुत गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?