Logo

बाँकेमा ५८औं रक्तसंचार सेवा दिवस मनाइयो

Samachar Rekhanews १२ श्रावण २०८०, शुक्रबार १५:१३ मा प्रकाशित

प्रहलाद विश्वकर्मा, नेपालगंज १२ श्रावण, “सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा” भन्ने मुल नाराका साथ ५८औं रक्तसंचार सेवा दिवस नेपालगंजमा मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रद्वारा सेवा प्रवाह सम्बन्धी जानकारी तथा खुला रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
आर्थिक वर्ष २०७९÷२०८० मा १३ हजार ३ सय ७४ संकलन र १७ हजार ९ सय १५ युनिट रगत वितरण भएको छ । यसैगरी ४ हजार २८ युनिट रक्ततत्व निर्माण र १२४ पटक घुम्ती रक्तसंकलन शिविर संचालन भएको कुरा रक्तसंचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले नेपालगंज क्षेत्र मेडिकल हबको रुपमा विकास हुँदै गइरहेकोले दिन प्रति दिन रगतको माँग बृद्धि भएको बताउनु भयो । मानवीय कार्यमा सहयोग गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
नेरेसो रक्तसंचार व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुुर श्रीवास्तव, सदस्य नरेन्द्रकुमार पौडेल, मीनबहादुर मल्ल, सरिता ज्ञवाली, जिल्ला र उपशाखा कार्यसमिति पदाधिकारी एवं सदस्य, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनसम्र्पक अधिकृत सरिता सिंहले गर्नु भएको थियो ।

बाँकेमा ५८औं रक्तसंचार सेवा दिवस मनाइयो

लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?