नेपालगञ्ज : बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले कोरोना भाईरस कोभिड–१९ सम्बन्धित जनचेतना अभियानसंगै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गराउने आयुर्वेदीक औषधि निशुल्क बितरण कार्यको सुरुवात गरेको छ ।
जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष एवम लुम्बिनी प्रदेश सभा सदस्य मो याकुव अन्सारीको प्रमुख आथित्यमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले पछिल्लो समय सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी कोरोना भाईरसको संक्रमणबिरुद्ध प्रतिरोधात्मक औषधि निशुल्क बितरण गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका प्रमुख डा.अनिलकुमार चौधरीले जानकारी दिए ।
उनले बितरण गरिएको औषधिहरुमा अश्वगन्धा, गुर्जो, पिपला, सुठोलगायतका विभिन्न जडिबुटीको समिश्रणबाट तयार पारिएको र यसले शरिरको रोगसंग लड्न सक्ने क्षमता बढाउने दाबी गरे । साथै कोरोना संक्रमणकोकारण हुने मानसिक तनावलाई कमगर्ने उनको विश्वास छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य मो याकुव अन्सारीले नेपालमा विभिन्न रोगको औषधिय गुण भएका जडिबुटी प्रसस्त भएकोले जडिबुटी तथा आयुर्वेदीय औषधिको प्रयोग गर्न उपकारी भएको बताउदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले बितरण गरेको औषधि सेवन गर्न आग्रह गरे ।
सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको हौसला तथा मनोबल बढाउनको लागि बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले आयुर्वेदीक औषधि उपलब्ध गराएर कोभिड–१९ बिरुद्ध लड्ने बल प्रदान गरेको आफुहरुलाई महशुस भएको ईलाका प्रहरी कार्यालय जमुनाका ईन्चार्ज समेत रहनु भएका प्रहरी नायव निरिक्षक बिष्णु गिरीको भनाई छ ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले कोभिड–१९ को सन्त्रासको बेलामा सचेतनामुलक अभियान सञ्चालन गर्नुको साथै रोगसंग लड्न सक्ने क्षमता बृद्धिको लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गराउने औषधि निशुल्क रुपमा बितरण गर्दै आएको छ । सभार सदरलाईन डट कम