Logo

बाँके क्यान शाखाद्वारा आयोजित कार्यक्रममा २६ जनाद्वारा रक्तदान

Samachar Rekhanews १८ बैशाख २०७९, आईतवार २२:२७ मा प्रकाशित

नेपालगञ्ज, १८ वैशाख २०७९ आइतबार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस –२०७९ को अवसरमा बाँकेको नेपालगन्जमा कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) शाखाद्वारा मई १ तारीखका दिन गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
“गुणस्तरीय एवं सुरक्षित सूचनाप्रविधिको विस्तार, समुन्त राष्ट्र निर्माणको आधार”मूलनाराकासाथ कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) द्वारा आयोजित रक्तदान कार्यक्रममा शरद प्रसाद रिजाल, पूर्ण बाबु नकर्मी, शिशिर राय, सागर देवकोटा, निमराज पङ्गेनी, प्रकाश धामी, जनक बोहरा, समीर बिसी, अमर बहादुर महतरा, रेमन्तबहादुर खत्री, मोहन चौधरी, अमृत सिंह सरदार, हीरालाल चौधरी, रामबहादुर थारु, काशीराम गौतम, विवेक गुरुङ्ग, रत्नकाजी शाक्य, एन्थस केसी, किस्मत चौधरी, राजेश महत, उर्मिला विश्वकर्मा, नवीन चौधरी, नेत्र बहादुर भट्ट, सञ्जु चौधरी, गौतम आचार्य, पुष्प कडेल लगायत २६ जनाले रक्तदान गर्नु भएको कम्प्यूटर एशोसिएसन नेपालमहासंघ बाँके (क्यान) बाँके शाखाका उपाध्यक्ष तथा कार्यक्रमकाका.बा.अध्यक्ष शिशिर नारायण श्रेष्ठले जानकनरी गराउनु भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पहिला सूचना तथा सञ्चार प्रविधिसंग आवद्ध भएकाले मात्र यो दिवस मनाउने गदर्थे अबचाहिँ केही वर्ष देखि नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको मान्यता दिएको छ । यो दिवस सप्ताहव्यापीको रुपमा कार्यक्रम मनाइन्छ । मई २ तारीख सोमवार बिहानप्रभात फेरीको आयोजना गरिएको छ । सो प्रभात फेरी बीपीचौक देखि सेतु बिक चौकमा पुगेर प्रभाच फेरी कार्यक्रमको समापन गरिने कम्प्यूटर एशोसिएसन नेपाल महासंघ बाँके (क्यान) शाखाका सचिव दिपक खड्काले बताउनु भएको छ । उहाँका अनुसार हरेक वर्ष मईको २ तारीखका दिन यो दिवस मनाइने गरिन्छ ।
सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, सुनिल पुलामी मगर, बीरेन्द्र योगी, केशर सिंह डाँगी, रिता आले, करुणा ओलीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?