
बाँके जिल्लामा संचालनमा रहेका ई रिक्सा चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तत्वावधानमा नेपाल ई रिक्सा व्यावस्थापन प्रा.लि.बाँकेको समन्वयमा १ महिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ प्रशिक्षण कार्यक्रम नेपालगंज उप महानगर पालिका वडा नं.१० स्थित ई रिक्सा व्यबस्थापन प्रा.लि.को हलमा संचालन हुदै आईरहेको छ ।
प्रशिक्षण कार्यक्रममा ई रिक्सा चालकहरुलाई ट्राफिक नियम,दुर्घटना हुने कारणहरु,लेन अनुसाशन,ई रिक्सा चलाउदा चालकले ध्यान दिनुपर्ने कुराहरु र सवारीको अवस्थाका सम्बन्धमा प्रशिक्षण दिने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जनाउनु भयो । प्रशिक्षण बाट चालकहरुलाई ट्राफिक नियम र सवारी चलाउदा ध्यान दिनुपर्ने विषयमा जानकारी पाएको प्रमुख शाहले बताउनु भयो । प्रशिक्षणबाट ट्राफिक नियम र लेन सम्बन्धी जानकारी भएको ई रिक्सा चालकहरुले बताएका छन ।
ई रिक्सा व्यवस्थापन प्रा.लि.का अध्यक्ष कुमार सिंह ठकुरीले ई रिक्सा चालकहरुलाई ट्राफिक नियम,लेन अनुशासन र दुर्घटना हुने कारणहरु सम्बन्धी जानकारी हासिल गरेको र हाल सम्म ४३५ जना ई रिक्सा चालकहरु प्रशिक्षण कार्यक्रममा सहभागि भैसकेका छन ।
साथै २०७८साल चैत २२ गते देखी बाँके जिल्लाभरी चल्ने टिप्परहरुलाई टायम कार्ड लागु गरीएको छ । टाईम कार्ड लागु गर्दा टिप्परबाट हुने दुर्घटनामा कमि आउने बिश्वास रहेको शाहले बताए ।
रातो प्लेटका सवारी साधन हरुले यात्री भाडामा बोकेको भनि जन गुनासो आएको हुदा नियमित चेकिङ गरी भाडामा बोक्ने निजी सवारीलाई कार्बाही गरीएको,ओभर लोड बोकेका ट्रकलाई कार्बाही गरिएको,नेपालगन्ज बजार क्षेत्रमा पिक आवरको समयमा ट्रक प्रबेश निषेध गरि बजार क्षेत्रमा हुने ट्राफिक जाममा कमि आएको,नेपालगन्ज तरकारी मन्डी क्षेत्रमा (वान बाई वान) एक एक गरी गाडी लाई लोड अनलोडको ब्यबसथा गर्दा त्यो क्षेत्रमा हुने जाममा कमि आएको छ ।
समय समयमा सरप्रईज चेकिंङ गरी सवारी दुर्घटनामा कमी आएको र सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले बेला बेलामा मापसे चेकिकिङ लगाएत अन्य नियमित चेखिङको ब्यबस्था गरिएको साथै राजमार्ग एरियामा रहेको खाडल पुर्ने काम गरीएको सवरी दुर्घटना नियुनिकरण गर्न चालक आफै सचेत हुनु पर्ने चालकलाई समय समयमा सचेतना कक्षा संचालन गरी जनचेतना समेत दिनेकाम जिल्ला ट्र्फििक प्रहरी कार्यालयले गर्दै आएको छ ।
मिति २०७९बैशाख ५ गतेको मापसे चेकिङ मा २६ सवारी साधनबाट रु २६,०००। राजश्व संकलन भएको समेत ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सडक दुर्घटना न्यूनिकरण गर्नका लागि सबै सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने हुन्छ । जसले गर्दा मानबिय क्षति न्यूनिकण गर्न सकिन्छ ।