Logo

बाँके युनेस्कोद्धारा खजुरामा मानवबेचविखन रोकथामका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न

Samachar Rekhanews १ आश्विन २०७८, शुक्रबार १६:५० मा प्रकाशित

नेपालगन्ज, १ असोज
बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा खजुरा गाउँपालिकामा शुक्रवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत खजुरा गाउँपालिकामा सो कार्यक्रम आयोजना गरिएको हो ।
मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गर्दै ती समस्या तथा सवालहरुमा जिम्मेवार निकायहरुको ध्यानआकर्षण गर्नका लागी सो सम्वादको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले कार्यक्रमको अध्यक्षता गर्दै
यो संवाद कार्यक्रमले वडा तहमा मानव बेचबिखन, बालबालिका र युवाहरुका सरोकार तथा उनिहरुका समस्याहरुका बारेमा सबैलाई जानकारी गराएको तथा समाधानका उपायहरु बारे पनि छलफल गराएको बताउनुभयो ।

सोही प्रकारले गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले सम्वाद कार्यक्रमले मानवबेचविखन रोकथामका लागि सबैको धारणामा एकरुपता ल्याउनुका साथै बालबालिका र युवाका अन्य समस्याका बारेमा पनि छलफल गर्ने अवसर दिएको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम, वडा नम्बर ४ का वडा अध्यक्ष तिलक विर सुनार, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला न्यौपाने, नेपाल प्रहरीका सई पंकजराज जोशी लगायतले पनि मानवबेचविखन रोकथामका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।

सो कार्यक्रममा वडा सदस्यहरु, स्थानीय बालअधिकार समितिका पदाधिकारी र सदस्यहरु, परिवर्तनका संवाहक युवा, बाल क्लब र किशोर किशोरी क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा जीम्मेवार निकायद्धारा मानव बेचबिखन नियन्त्रण, बालबालिका र युवाका सरोकारहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाइएको बाँके युनेस्को क्लबका प्रोटेक्ट परियोजना संयोजक महेश नेपालीले बताउनु भयो ।
कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका फिल्ड सुपरभाईजर शंकरसिंह थारुले गर्नु भएको थियो भने कार्यक्रममा सहजकर्ताको भुमिका शंकर प्रसाद शर्माले गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?