Logo

बाँके युनेस्को क्लबको कार्यसमिति र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सम्पन्न

Samachar Rekhanews ३ आश्विन २०७८, आईतवार २०:२५ मा प्रकाशित

नेपालगन्ज, ३ असोज
बाँके युनेस्को क्लबको कार्यसमितिका पदाधिकारी र सदस्य तथा विभिन्न परियोजनाको नेतृत्व गर्ने कर्मचारीका लागि आयोजना गरिएको दुई दिने क्षमता विकास तालिम नेपालगञ्जमा आइतवार सम्पन्न भएको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको ‘बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना’ अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।

शनिवारबाट शुरु भएको सो तालिममा संस्थाको अवस्था विष्लेशण गर्नुका साथै विगतदेखि हालसम्म गरिएका उपलब्धी तथा कामहरुको समेत समिक्षा गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले संस्थालाई दिगो बनाउनुका साथै सञ्चालनमा रहेका परियोजनाहरुलाई कसरी बढी भन्दा बढी सफल बनाउन सकिन्छ भन्ने विषयमा समेत सो तालिममा छलफल र विचार आदान प्रदान गरिएको बताउनुभयो ।

उक्त तालिमको प्रशिक्षक तथा सहजकर्ताको रुपमा रहनु भएका आईएलओका राष्टिय परियोजना संयोजक प्रकाश शर्माले बाँके युनेस्को क्लब देशकै सबैभन्दा उत्कृष्ट युनेस्को क्लब बन्न सफल भएको जनाउँदै यो संस्थालाई थप बलियो बनाउन क्षमता अभिबृद्धि हुने कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले संस्थाको विकास, संस्थाका पदाधिकारी र सदस्य तथा कर्मचारीको शिप विकासमा विशेष ध्यान दिनु पर्ने कुरामा सधैं ध्यान दिनुपर्ने बताउनुभयो ।
सहजकर्ता शर्माले परियोजना व्यवस्थापन, सोसल र मास मिडियाको उपयोग, संस्था विश्लेषण लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

सो तालिममा क्लबका प्रमुख संरक्षक सिद्दिकी, कार्यवाहक अध्यक्ष पन्चम गुरुंग, महासचिव मिना भुषाल तुलाधर, सचिव बुधेश जयसवाल र कार्यसमितिका सदस्यहरु लगायत कार्यकारी निर्देशक रवि तुलाधर तथा संस्थाका सल्लाहकार र वरिष्ठ कर्मचारीहरुको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?