Logo

बाँके युनेस्को क्लबद्धारा बर्दिया गेरुवाका बाढीपिडितलाई राहात वितरण

Samachar Rekhanews ५ कार्तिक २०७८, शुक्रबार ११:२८ मा प्रकाशित

नेपालगञ्ज, ५ कात्तिक
बैमौसमी वर्षाका कारण आएको बाढीबाट अति प्रभावित भएका बर्दिया गेरुवाका स्थानीयका लागि बाँके युनेस्को क्लबले राहात वितरण गरेको छ ।

क्लबले आफ्नो आन्तरिक श्रोतबाट गेरुवाका बाढीपिडितलाई खाने कुराको राहात जिल्ला विपद व्यवस्थापन समिति बर्दियामार्फत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले बाढीपिडितलाई तत्कालका लागि तयारी खाने कुराको अभाव नहोस भन्ने उदेश्यले सो राहात प्रदान गरिएको बताउनुभयो ।

एक कार्यक्रमका विच सो राहात सामाग्री क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव शर्मालाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएका सामाग्रीहरुमा ५०० केजी चिउरा, ५० कार्टुन मिनरल वाटर, २ बोरा नमकीन र २० कार्टुन चाउचाउ रहेका छन् ।

राहात सामाग्री बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले क्लबले गरेको सहयोगको सराहना गर्दै यसबाट बाढीपिडितलाई केहीहदसम्म राहात मिल्ने बताउनुभयो ।

क्लबका अध्यक्ष चौधरीले विभिन्न विपदका बेला क्लबले आफ्नै श्रोतबाट भएपनि पिडितलाई सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले क्लबले बर्दियाका विभिन्न पालिकाहरुमा बाल संरक्षण तथा कोभिड प्रभावितलाई लक्षित गरेर कार्यक्रमहर सञ्चालन गरिरहेको बताउनुभयो ।

यसैसाता परेको बेमौसमी बर्षाले गर्दा बर्दिया लगायत देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परेर सय बढी नागरिकको मृत्यु भएको छ भने ठुलो संख्यामा घरबारविहिन भै अति प्रभावित भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?