Logo

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

Samachar Rekhanews १५ असार २०७९, बुधबार १६:३८ मा प्रकाशित

नेपालगञ्ज, असार १५ । बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले ती पालिकाहरुलाई पाँच पाँच लाख बराबरको उद्धार सामाग्री हस्तान्तरण गरेको हो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख कार्यकारी अधिकृत बम बहादुर केसी, बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरी, उपमयेर रत्न कुमारी पाण्डे र प्रमुख कार्यकारी अधिकृत महेन्द्रजंग शाही र राजापुर नगरपालिकाका मेयर दिपेश थारु र प्रमुख कार्यकारी अधिकृत अर्जुन सुवेदीलाई पालिकामै पुगेर सामाग्री हस्तान्तरण गरिएको हो ।
सो सामाग्री हस्तान्तरण प्लान नेपालका सन्तोष पुलामी र गोमा ओली चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि तुलाधर र कार्यक्रम संयोजक महेश नेपाली लगायतले गर्नु भएको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका सह निर्देशक साजिद अलि सिद्दिकी, कर्मचारीहरु ईश्वर विक जनक थारु, ऋतिक शाही, उर्मिला थारु, अनिता थारु, राजापुरका वडा अध्यक्ष रमेश चौधरी, विपद फोकल पर्सन खुशिराम चौधरी, बारबर्दियाका फोकल पर्सन पुष्कल विश्वकर्मा र संयोजक कृष्ण गौतमलगायतको पनि उपस्थिति रहेको थियो ।
सामाग्री बुझ्दै राजापुर नगरपालिकाका मेयर दिपेश थारुले बाढीको उच्च जोखिममा रहेको यो नगरपालिकाका लागि अतिनै आवश्यक पर्ने सामाग्री मनसुन शुरु भएकै बेला प्रदान गरिएको आभार व्यक्त गर्नुभयो ।
सोही प्रकारले बारबर्दियाका मेयर छविलाल चौधरी र खजुराका अध्यक्ष डम्बर विक तुफानले पनि विपद आउनै लागेको बेला प्राप्त भएको यो सहयोगले धेरैको ज्यान जोगाउन मद्दत गर्ने बताउनु भएको थियो ।
बाढी र डुबानको उच्च जोखिममा रहेका पालिकाहरुमा प्रदान गरिएको सो सहयोगले उद्धार तथा राहात कार्यमा ठुलो सहयोग पुग्ने जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
कोभिड १९ रेस्पोन्स र रिकभरी परियोजना अन्तर्गत खजुरा गाउँपालिकामा ५ विद्यालयहरुमा इन्सिनेटर निर्माण सहयोग, वडा नम्बर ३,४,५ र ६ वडा मा १६० मिटर र ३ मिटर चौडाइ बाटो मर्मत तथा ग्राभेल, खजुरा र बारबर्दियाका विद्यालयमा डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर प्रदान, रिमिडियल कक्षा सञ्चालन र ईसिडी सामाग्री सहयोग गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?