Logo

बारबर्दिया र राजापुर नगरपालिकामा परियोजनाको समिक्षा तथा समापन बैठक

Samachar Rekhanews २४ श्रावण २०७८, आईतवार २०:२५ मा प्रकाशित

नेपालगञ्ज, साउन २४ । बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लाको बारबर्दिया र राजापुर नगरपालिकामा सञ्चालन गरिएको आकस्मिक प्रतिक्रिया तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजनाको समिक्षा तथा समापन बैठक सम्पन्न गरिएको छ ।

क्लबले प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बारबर्दिया तथा राजापुर नगरपालिकामा सञ्चालन गरेको सो परियोजनाको दुबै नगरपालिकामा आयोजना गरिएको समिक्षा तथा समापन बैठकमा परियोजना उत्कृष्ठ रुपमा सफल भएको तथा सही समयमा सही वर्गलाई सहयोग र सचेतना प्रदान गरिएको ठहर गरिएको छ ।

सो परियोजना अन्तर्गत क्लबले बारबर्दियाका ४४३ र राजापुरका ४२८ अति विपन्न असहाय र गरिब परिवारलाई सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले त्यसका साथै कोभिड विरुद्ध समुदायमा सचेतना फैलाउने उदेश्यले दुबै नगरपालिकामा होर्डिंग बोर्ड जडान गरिनुका साथै हात धुने स्थानहरु बनाईएको र रेडियो मार्फत विभिन्न सचेतनामुलक सन्देसहरु पनि प्रवाह गरिएको बताउनुभयो ।

बारबर्दियाका मेयर दुर्गा बहादुर थारु कबिरको अध्यक्षतामा भएको परियोजनाको समिक्षा तथा समापन बैठकमा मेयर थारुले कोभिडको दोस्रो लहरको बेला पालिकाले गर्न नसकेको काम अति विपन्नलाई युनेस्कोले स्वच्छता सामाग्री सहयोग गरेको र समुदायमा सचेतना फैलाएको जनाउँदै आभार व्यक्त गर्नुभयो ।

उहाँले भविष्यमा तेस्रो लहरको संभावना देखिएकोले सो रोक्न पनि क्लबले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।
सो बैठकमा उपमयेर अन्जु दहित, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त शाही, नगरकार्यपालिकाका सबै सदस्यहरु, नगर प्रवक्ता दुर्ग बहादुर विक तथा स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्मा लगायतको सहभागिता रहेको थियो ।

सोही प्रकारले राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीको अध्यक्षतामा राजापुरमा पनि परियोजनाको समिक्षा तथा समापन बैठकको आयोजना गरियो ।
बैठकलाई सम्बोधन गर्दै उपमेयर चौधरीले महामारीले अतिनै संकट परेको बेला बाँके युनेस्को क्लब र प्लान नेपालले गरेको काम तथा सहयोग सधैं स्मरणीय रहने बताउनुभयो ।

उहाँले पालिकाका अति विपन्नलाई गरिएको सहयोग र दिईएको सचेतनाले धेरै ठुलो फाइदा पुगेको बताउनुभयो ।

बैठकमा स्वास्थ्य शाखाका निमित्त प्रमुख हरिलाल चौधरी, नगर कार्यपालिकाका सबै सदस्यहरु, नगरपालिकाका प्रवक्ता धरणीधर चौधरी लगायतको सहभागिता रहेको र सहभागि सबैले आगामी दिनमा पनि क्लबले राजापुरमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरा राख्नु भएको परियोजनाका कार्यक्रम संयोजक दयाराम चौधरीले बताउनुभयो ।

उहाँले बर्दियाका दुबै नगरपालिकामा विना कुनै विवाद सफलतापुर्वक कार्यक्रम सफल गर्न सहयोग गर्ने सबैलाई सो अवसरमा धन्यवाद दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?