नेपालगञ्ज, असोज १०
बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा स्थानीय बालअधिकार समितिका लागि क्षमता विकास अभिमुखिकरण गरेको छ ।
क्लबले विश्व शिक्षाको सहयोगमा सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत सो अभिमुखिकरण सम्पन्न गरेको हो ।
अभिमुखिकरणको उदघाटन गर्दै वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बाल संरक्षणका लागि बालअधिकार समितिको भूमिका महत्वपुर्ण हुने हुँदा समितिको क्षमता विकास आवश्यक भएको बताउनुभयो ।
वडा नम्बर १२ का बाल संरक्षण समितिका अध्यक्ष रामु चिडिमारले बालअधिकार र बाल संरक्षणमा जुटेको समितिलाई सो बारेमा सबै विषयको जानकारी हुनु पर्ने हुँदा यस्ता तालिम र अभिमुखिकरणले ठुलो सहयोग गर्ने बताउनुभयो ।
सो अभिमुखिकरणको सहजीकरण गर्दै सहजकर्ता विश्व शिक्षाका तुल बहादुर बानियाले गुनासो सुनुवाई सयन्त्रका बारेमा विस्तृत रुपमा जानकारी गराउँदै गुनासो सुनुवाई कार्यविधि निर्माण पक्रिया र निर्देशिका निर्माण प्रक्रियाका बारेमा प्रशिक्षण दिनुभयो ।
उहाँले गुनासो सुनुवाई निर्देशिका मस्यौदा समितिका लक्ष्य र उदेश्यका बारेमा पनि सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।
सो अवसरमा वडा नम्बर १२ का वडा सदस्यहरु दिनेशराज पन्त, चन्दा चिडिमार र फुलमति लोहार, वडा सचिव केदार प्रसाद अधिकारी, आमा समुहका अध्यक्ष इता शर्मा, मेलमिलाप समुहका अध्यक्ष हरिबाबु घिमिरे, बाल्मिकी प्राविका प्रधानाध्यापक सुशिला शाह, बाँके युनेस्को क्लबका कार्यसमिति सदस्यहरु फिरदौस जहाँ र साहिल अन्सारी, परियोजनाका सामाजिक कार्यकर्ता गुलाम गौस र मनिषा पाण्डे तथा समाजसेवी जनकराम भण्डारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्व शिक्षाका समिम अख्तर र नविन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने मस्यौदा तयार गर्नका लागि जिम्मेवारी बाडफाड गरेर समापन गरिएको थियो ।