Logo

बालविवाह रोकथाममा सक्रिय बर्दियाका धार्मिक अगुवाहरुलाई टी शर्ट वितरण

Samachar Rekhanews २३ भाद्र २०७८, बुधबार १३:२९ मा प्रकाशित

नेपालगञ्ज, भदौ २३
बाँके युनेस्को क्लबद्धारा बर्दियाका चारवटा पालिकामा सञ्चालन भैरहेको बाल संरक्षण कार्यक्रम अन्तर्गत धार्मिक अगुवाहरुलाई प्रात्साहन स्वरुप टी शर्ट वितरण गरिएको छ ।

क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा बर्दियाका बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका तथा गेरुवा गाउँपालिकामा सञ्चालन गरिएको बाल संरक्षण कार्यक्रम अन्तर्गत वालविवाह रोकथाम र न्युनिकरणमा सक्रिय रहनु भएका धार्मिक अगुवाहरुलाई टी शर्ट वितरण गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले विवाहमा मुख्य भूमिका निर्वाह गर्नु हुने विभिन्न धर्मका धर्मगुरु तथा धार्मिक अगुवाहरुलाई समेटर चारवटै पालिकामा अन्तर धार्मिक समुह गठन गरिएको जनाउँदै सो समुहमा आवद्धहरुलाई प्रेरित गर्न तथा विभिन्न सन्देश प्रवाह गर्न सन्देशमुलक टी शर्ट वितरण गरिएको बताउनुभयो ।

अन्तर धार्मिक समुहमा रहनु भएका अगुवाहरुले विवाहको समयमा वा विवाहका लागि चिनो साइत देखाउन जाँदा केटा र केटी दुबैको उमेर सोधपुछ गर्ने गरेको र उमेर नपुगेको भए त्यस्ता विवाह रोक्ने गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनुभयो ।

सो क्रममा गेरुवा गाउँपालिकाको वडा नम्बर ५ मा आयोजना गरिएको एक समारोहमा सो पालिकाका २० जना धार्मिक अगुवाहरुलाई सन्देशमुलक टी शर्ट वितरण गरियो ।

अन्य तीनवटा पालिकामा यसअघिनै ६० वटा टी शर्ट धार्मिक अगुवाहरुलाई वितरण गरिसकिएको क्लबले जनाएको छ ।
सो अवसरमा गेरुवा गापा वडा नम्बर ५ का वडा सदस्य विरेन्द्र बहादुर शाह र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले धार्मिक अगुवाहरुलाई टी शर्ट वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ५ का वडा सदस्य शाहले धार्मिक अगुवाहरुको सक्रियताले वालविवाह रोकथाममा ठुलो सहयोग मिल्ने जनाउँदै सो का लागि वडा कार्यालयले पनि हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सो अवसरमा क्लबका कार्यक्रम अधिकृत अनुप बर्मा र बाल संरक्षण परियोजनाका फिल्ड सुपरवाइजर संजिता रिजालको पनि उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?