Logo

बालिकालाई बिद्यालयमा टिकाउनका लागि नितीगत संबाद सम्पन्न

Samachar Rekhanews १० पुष २०७८, शनिबार १७:३२ मा प्रकाशित

नेपालगञ्ज, पुस १० । बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ ।
प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो ।
बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा संपन्न कार्यक्रममा श्रम तथा रोजगार तथा यातायात मन्त्रालयका उपसचिव तारा ज्ञवाली, शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र भुषाल र तिलकराम पौडेल, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला बिकास अधिकृत शारदा बस्याल, कानुन अधिकृत सिता घिमेरे लायगतको उपस्थिती रहेको थियो ।
त्यसैगरी गुलरिया नगरपालिकाका महिला, बालबालिका शाखा प्रमुख शिलाशाह, प्लान ईन्टरनेशनलका दुर्गा खत्री, बाँके युनेस्को क्लबका उपाध्यक्ष पंचम गुरुङ्ग, कार्यक्रम संयोजक महेश नेपालीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा बालिकालाई बिद्यालयमा टिकाई राख्नकालागि बाँके युनेस्को क्लबले गरेका कार्यहरुको प्रस्तुती कार्यक्रम संयोजक महेश नेपालीले गर्नु भएको थियो । परियोजनाको बारेमा तथा सहभागीबाट आएका कुराहरुमा प्रष्ट पार्ने कार्य प्लान नेपालका दुर्गा खत्रीले गर्नु भएको थियो ।
कार्यक्रममा सहजकर्ताको भुमिका अर्जुन थापाले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बालबिबाह अन्त्य र बालिकालाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा गुणस्तरीयता ल्याउन मन्त्रालयले बिभिन्न संघ, संस्थासँग समन्वय गरी निती तथा बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?