Logo

बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

Samachar Rekhanews ८ जेष्ठ २०७८, शनिबार १४:१५ मा प्रकाशित

बाँके जेठ ८ गते ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज- ३ एकलैनि बस्ने २७ वर्षका सदाव हलुवाईलाई विशेष टास्क फोर्सको टोलीले पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत बाँकेले गएको पुस १ गते हलुवाईलाई ५ महिना कैद सजाय तोकेको थियो ।

त्यसपछि उनी हाल सम्म फरार थिए । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएको छ । हालसम्म ५८० जना फरार अभियुक्त पक्राउ परिसकेका छन । यो अभियान निरन्तर चलिरहने बाँके प्रहरीले जनाएको छ । खोजखबर


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?