Logo

ब्राउन सुगरसहित जमुनाहनाका बाट अन्सारी पक्राउ

Samachar Rekhanews २२ आश्विन २०७९, शनिबार १७:१९ मा प्रकाशित

असोज २२ गते
नेपालगन्जको जमुनाहबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा १६ जैसपुर बस्ने २४ वर्षीय मेराज अन्सारी रहेका छन ।

भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ आईरहेको अवस्थामा
जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा ५० ग्राम ब्राउन सुगर फेला परेको र UP 40K 2680 नं.मोटरसाइकल समेत बरामद जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाँके को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?