Logo

ब्राउन सुगरसहित जमुनाह नाकाबाट एक जना पक्राउ

Samachar Rekhanews २२ असार २०८०, शुक्रबार १७:३४ मा प्रकाशित

नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा ११ बस्ने ३४ वर्षीय खड्क बहादुर रावल रहेका छन ।

भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ आईरहेको अवस्थामा जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

लागू औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा ४ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरी ले जनाएको छ ।

पक्राउ परेका रावललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानका लागि लगिएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित जमुनाह नाकाबाट एक जना पक्राउ

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?