Logo

ब्राउन सुगरसहित जमुनाह बाट दाङका एक युवक प्रहरी को फन्दामा

Samachar Rekhanews २५ भाद्र २०८०, सोमबार २१:१२ मा प्रकाशित

नेपालगन्ज लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको
प्रहरी टाेलिले जमुनाह नाकाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घाेराही उप महानगरपालिका ५ दाङका २५ बर्षीय सन्जय नेपाली रहेका छन् । नेपालीलाई भारतीय बजार रूपडियाबाट नेपालगञ्ज आउदै गर्दा जमुनाह चेकपोस्टमा लागूऔष खैरो हेराेइन ५० ग्राम सहित पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जले जनाएको छ ।

ब्यूरोका अनुसार साेमबार दिउँसाे तीन बजे भारतीय बजार रूपडिया बाट नेपालगञ्ज आउँदै गर्दा जमुनाह चेकपोस्टमा शंका लागि खानतलासी गर्दा नेपालीले बाँया खुट्टाको जुत्ताभित्र लुकाई राखेकाे ५० ग्राम खैराे हेराेईन फेला पारेकाे जनाएकाे छ । नेपालीलाई आवश्यक कार्वाहीकाे लागि ईलाका प्रहरी कार्यालय जमुनाह बरिस्ठ साई मिन बहादुर बिष्ट ले जानकारी दिनु भयो

पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?