Logo

ब्राउन सुगरसहित २ जना पक्राउ

Samachar Rekhanews १७ कार्तिक २०८०, शुक्रबार १९:१८ मा प्रकाशित

१७ कार्तिक, नेपालगञ्ज । प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज–४ बस्ने १८ वर्षका अमिर शेष र नेपालगञ्ज–१ बस्ने २२ वर्षका विनय बि.क. रहेका छन् ।
बिहीवार राती ९ बजेको समयमा नेपालगञ्ज–४ भानुभक्त चोक नजिकबाट वडा प्रहरी कार्यालय नेपाालगञ्ज तथा लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा हिँडीरहेका ती दुवै जनालाई चेकजाँच गर्दा अमिर शेषले लुकाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने ८ ग्राम ५०० मिलिग्राम धुलो बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।

ब्राउन सुगरसहित २ जना पक्राउ

लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?