Logo

ब्राउन सुगर सहित चार जना प्रहरी को फन्दामा

Samachar Rekhanews २३ जेष्ठ २०७८, आईतवार २३:५९ मा प्रकाशित

बाँके जेठ २३ गते ।
लागू औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छ्न।पक्राउ पर्नेमा ३ महिला र १ पुरुष रहेको बाँकेका एसपी ओम राणाले जानकारी दिनु भयो । पक्राउ पर्नेमा खजुरा गाउंपालिका ८ बस्ने बर्ष ३३ की बिबा शाही,बर्ष ३० की गंगा खड्का, नेपालगन्ज उपमहानगरपालिका ९ बस्ने बर्ष ३५ को राजेश खटिक र बर्दिया राजापुर नगरपालिका वडा नं. ४ बस्न बर्ष २१ की पुजा परियार रहेका छ्न ।

न्युरोड स्थित सन्ध्या नास्ता पसलमा अबैध लागू औषधको कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्युरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त स्थानमा गई खानतलासि गर्दा उनिहरु पक्राउ पर्न सफल भएका हुन ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍उनिहरुको साथबाट प्लाष्टिकको सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद रु.४१,५००।-(एक चालिस हजार पाँच सय) रकम सहित फेला पारी बरामद गरिको एसपी राणाले जानकारी दिनु भयो । उनिहरुमाथि आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको पनि उहाँको भनाइ छ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?