१८ भाद्र, नेपालगञ्ज । बाँके प्रहरीले दुई लाख भन्दा बढिको अबैध भन्सार छलिको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.१० आदर्शनगर स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको सामान मंगलवार बरामद गरेको हो ।
करिब २ लाख २० हजार २६५ मूल्य बराबरको कुर्ता सुरवाल, चप्पल, जेन्स कुर्ता सुरवाल लगायतका मालसामानहरु बरामद गरि आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।
लोकप्रिय समाचार