Logo

भाद्र २७ गते सोमबार एक दिनका लागि हल बन्द गरिने

Samachar Rekhanews २३ भाद्र २०७९, बिहीबार २३:३० मा प्रकाशित

२३ भाद्र, काठमाडौं । हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सोमवार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । बिहीवार बसेको संघको कार्यसमिति बैठकले आन्दोलनको संकेत स्वरुप भाद्र २७ गते एक दिनका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले विज्ञप्ति जारी गर्दै प्रदर्शकहरु छलफलमा रहेकाले शुक्रवारबाट प्रदर्शन हुने फिल्मको बुकिङ नखोलेको पनि स्पष्ट पारेको छ ।

संघका महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरु तथा संघहरुले हाम्रा सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति आगामी दिनहरुमा कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफलमा रहेको अवस्थामा नेपाली चलचित्र क्षेत्रका केही संघ(संस्थाहरुले चलचित्र प्रदर्शनको सम्बन्धमा प्रकाशित भएको विज्ञप्तिप्रति नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भएर केही चलचित्र क्षेत्रका समूहहरुले संघका सदस्यहरुप्रति अनर्गल रुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गर्ने, कोरोनाबाट आक्रान्त चलचित्र क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो चलचित्र क्षेत्रलाई धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा उत्पन्न गराउने, स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोज्ने, चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिने जस्ता कार्यहरुको विरोधमा आन्दोलन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

संघको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा सदस्यहरुमाथि यस प्रकारको अनर्गल आरोप, वाधा अवरोधहरु कायम रहे अझ कडा आन्दोलनमा जाने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं । यसबाट दर्शकहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । हामी सदैव दर्शकहरुको इच्छा अनुसारको चलचित्र हेर्ने अधिकारको पक्षमा उभिने छौं ।’


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?