Logo

भारतीय अभिनेता दिलिप कुमारको निधन

Samachar Rekhanews २३ असार २०७८, बुधबार १०:१६ मा प्रकाशित

काठमाडौं असार २३ गते ।
भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलिप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उहाँ पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?