Logo

भारतीय मोटरसाइकल समेत ४ लाख बराबर को भन्सार छली अवैध सामग्री सशस्त्र प्रहरीले द्वारा बरामद ।

Samachar Rekhanews २१ आश्विन २०७८, बिहीबार १५:२१ मा प्रकाशित

असोज २१ गते / ( रबिना बस्नेत )            नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनाहा बिओपीबाट खटिएको टोलीले बुधवार राती भारतबाट नेपालगन्ज ल्याउँदै गरिएको ३,६०,७७०रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राधेश्याम चौधरीको कमाण्डमा गएको टोलीले नेपालगञ्ज १५ पिप्रहवा र जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाही को कमाण्डमा गएको मोबाइल टोलीले नेपालगञ्ज १६ जैसपुर नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका अवैध सामग्री बरामद गरेको जमुनाहा बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र शाही ले बताए ।

बिओपी प्रमुख जिवनलाल बुढाका अनुसार नायब निरीक्षक शाहीको कमाण्डको टोलीले लत्ताकपडा, छुर्पी, हरियो तरकारी, किराना सामान र सुपारीसहितका अवैध सामग्री बरामद गरेको छ । अवैध सामग्री ओसारपसारमा प्रयोग भएको युपी ४० एम ८२७३ नम्बर प्लेटको भारतीय मोटरसाइकलसमेत बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए ।

सशस्त्र प्रहरी गण र बिओपी जमुनाहा बिओपीले बरामद गरिएका सबै ३ लाख ६० हजार ७७० रुपैयाँ बराबरका अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि बिहिवार नेपालगञ्ज भन्सार कार्यालय बुझाएको बिओपी प्रमुख बुढाले जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?