Logo

भिमसेनको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको गठन

Samachar Rekhanews ९ पुष २०७८, शुक्रबार १७:५६ मा प्रकाशित

नेपालगञ्ज, ९ पुस । सामाजिक हित र स्थानीय वासिन्दामा चेतना ल्याउनका लागि बर्दियाको राजापुरका समाजसेवी भिमसेन चौधरीको नेतृत्वमा बर्दिया युनेस्को क्लब टपराको गठन गरिएको छ ।
राजापुरको मानपुर टपरामा स्थानीय समाजसेवी, बुद्धिजिवी र सर्वसाधारणको एक भेलाले चौधरीको अध्यक्षतामा बर्दिया युनेस्को क्लब टपराको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
क्लबको उक्त तदर्थ समितिको उपाध्यक्षमा कृपा शंकर चौधरी, महासचिवमा राम बहादुर चौधरी, सचिव रिता चौधरी, कोषाध्यक्ष निर्मला चौधरी र सदस्यहरुमा सन्तोष थारु, गर्भु चौधरी, युवराज चौधरी, राधेश्याम चौधरी, राज कुमार चौधरी र छोटेलाल चौधरीको चयन गरिएको छ ।
सो अवसरमा अतिथिको रुपमा रहनु भएका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीले बर्दिया युनेस्को क्लब टपराको गठन गरिएकोमा खुशी व्यक्त गर्दै सो क्लबले उक्त क्षेत्रमा उल्लेखनीय सामाजिक काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जसरी राजापुर क्षेत्र बर्दियामा सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यो क्लबले यस क्षेत्रको सर्वागिण विकास र चेतनाका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले नवगठित बर्दिया युनेस्को क्लब टपराका पदाधिकारीलाई टिका लगाएर सम्मान गर्दै यो क्लबबाट यस क्षेत्रका जनताले धेरै कुरा पाउने आशा राखेको बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर लगायतले पनि बर्दिया युनेस्को क्लब टपरा गठन भएकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।
बर्दिया युनेस्को क्लब टपराका अध्यक्ष भिमसेन चौधरीले युनेस्को क्लबहरुको गर्विलो इतिहास र कार्यलाई मार्गचित्रका रुपमा अंगालेर अगाढी बढ्ने प्रतिवद्धता सो अवसरमा जनाउनु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?