Logo

भुरभवानी बागेश्वरी र सन्तानेश्वर लाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : प्रतिनिधि सभा सदस्य ढकाल।

Samachar Rekhanews १९ मंसिर २०७९, सोमबार १८:४१ मा प्रकाशित

मंसिर १९,२०७९ सोमबार
सरला सुबेदी
बाँके । सोमबार बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय सुर्य ढकाल र समानुपातिक तर्फका प्रदेश सदस्य बसन्ती अधिकारी लगायतको टोली आन्तरिक पर्यटन प्रबर्द्धनको लागि मन्दिर दर्शन अवलोकनको लागि त्यहाँ पुगेको हो। तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जान अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चडेर मात्र पुगिन्छ । निर्वाचन अघि त्यस ठाउँमा पुग्दा त्यहाका पुजारीले आशीर्वाद दिएको र निर्वाचन पछि आउने बाचा गरेको हुँदा मन्दिरको दर्शन गर्न सुर्य ढकाल त्यहाँ पुगेको बताउँछन् ।पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभई विभिन्न जिल्लाबाट दर्शन गर्न आउने गरेको स्थानीय सोहनलाल यादब बताउछन् ।

करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधि सभा सदस्य ढकाल सहित ५० जना भन्दा बढिको टोलि दर्शनका लागि पुगेका थिए । नरैनापुर गाउँपालिकाको प्रवेशद्वार कोहलामा आन्तरिक पर्यटकलाई स्थानीयले स्वागत गरेपछि ढकालसहित ५० जना भन्दा बढिको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

” सन्तानेस्वर मदिरको दर्शन पछि ढकालले त्यहाँका पुजारी योगानन्द गिरीसङ्ग भेटघाट गर्दै त्यस ठाउँको समस्या सुन्दै आफुले यस क्षेत्रको पर्यटन प्रर्वधनको लागि लागिपर्ने र प्रवल रूपमा पर्यटकीय सम्भावना बोकेको यो मन्दिरमा जाने बाटो सहज बनाउन पनि पहल गर्ने र होमस्टेको अबधारणा पनि ल्याउन योजना बनाउने र खानेपानीको व्यवस्था गर्ने बताएका छन् । “
उनले अबको पाँच बर्ष भित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुरभवानी, नेपालगन्जको बागेश्वरी मन्दीर र नरैनापुरको सन्तानेश्वर मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने समेत प्रतिबद्धता जनाएका छन्
यस्तै समानुपातिक तर्फका प्रदेश सभा सदस्य बसन्ती अधिकारीले हिन्दु र मुस्लिम सबैले मान्ने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एबम पर्यटकीय क्षेत्र  बन्दै गएकोले सबैलाई यस स्थानको दर्शन गर्न अनुरोध गर्दै आफुले पनि यस क्षेत्रको बिकास अनि पर्यटन प्रबर्द्धनका लागि अगाडी बढ्ने बताएकी छिन् । तराई जिल्लाको पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका सबै जना निकै उत्साहित देखिएका थिए ।
नेपालगञ्जबाट ३५ /३६ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भैइसकेका व्यक्तिहरु त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?