Logo

भुषाल भन्छन् भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरहरुको समस्याप्रति चिन्तित छु।

Samachar Rekhanews २५ बैशाख २०७९, आईतवार २१:४० मा प्रकाशित

सरला सुवेदी
बाँके । कोहलपुर नगरपालिकाका नेकपा एमाले तर्फबाट नगर प्रमुख पदका उम्मेदवार खिल प्रसाद भुषालले भुमिहिन अव्यवस्थित सुकुम्बासी र मजदुरको समस्या समाधानका लागि आफू अनि नेकपा एमाले दत्तचित्त भएर लागि पर्ने बताएका छन् ।

आइतवार नेकपा एमालेको हाइकमण्ड र उम्मेदवार सहितको वडा नम्बर ११ मा ठुलो संख्यामा गरीएको गरीएको घरदैलो र विभिन्न टोलटोलमा गरिएको कोणसभालाई सम्बोधन गर्दै मेयर पदमा उम्मेदवार भुषालले समुदायमा समस्या झेलीरहेका र अधिकार प्राप्ती गर्न नसकेका त्यस्ता बर्गहरुको समस्याप्रति अत्यन्तै चिन्तित रहेको बताउदै उनले श्रमिक मजदुरका लागि हरेक कुरामा सौलियत गराउदै अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थित गराउने लालपुर्जा दिलाउने र र सुकुम्बासीलाई बासको व्यवस्था गर्ने पहिलो पहल रहेको बताए।

उनले कोहलपुर नगरपालिकाको वडा नम्बर ११ जनसंख्या र भौगोलिक बनावटको हिसावले ठुलो वडा भएकाले एकै पटक सबै बिकास संभव नहुने हुँदा विकासको लागि क्रमश एक एक गर्दै योजनागत रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत बाक्लो संख्यामा नेकपा एमालेका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।सबैको उत्साहजनक उपस्थितिले एमालेको पक्षमा जनलहर प्रष्ट रुपमा बढ्दै गएको भान आम नागरिकले गरेका छन ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार भुषाल, उपमेयर पदकी उम्मेदवार अस्मिता कुमारि थारु, वडा अध्यक्ष कल्पना अधिकारी लगायत अन्य सदस्यपदका उम्मेदवार मतदाताको घरदैलोमा पुग्नासाथ स्वःस्फूर्त रुपमा शुभेच्छुकहरुले उपस्थित भएर आर्शिबाद र शुभेच्छा प्रकट गर्ने गरेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?