Logo

भूकम्प पीडितका लागि राहत सामाग्री लिएर हसना जर्मनी संस्थाको टोली जाजरकोट प्रस्थान

Samachar Rekhanews ७ पुष २०८०, शनिबार ०९:३६ मा प्रकाशित

पुस ७,बाँके । जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि विदेशी संस्था हसनाको एक टोली राहात सामाग्री लिएर जाजरकोट प्रस्थान गरेको छ ।

शुक्रबार साझ नेपालगञ्जबाट हसना जर्मनी संस्थाको सहयोग तथा नेपाल मुस्लिम संघको सहकार्यमा जाजरकोटका भूकम्प पीडितका लागि राहत सामाग्री लिएर टोली जाजरकोट प्रस्थान गरेको हो ।

टर्कीका दुइजना नागरिक सहित नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष रहमतुल मियासहितको टोली राहत सामग्री लिएर जाजरकोट गएको हो ।

टोलीले दुइवटा ट्रकमा नेपालगञ्जबाट चामल, दाल, तेल लगायतका खाद्यान्न र ओढ्ने, ओछ्याउने सिरक डसना लगाएतका सामाग्री लिएर प्रस्थान गरेको मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष रहमतुल मियाले जानकारी दिनुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर कार्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १ सय १ जनाले ज्यान गुमाएका थिए भने हजारै घरबार बिहिन भएका थिए ।

भूकम्प पीडितका लागि राहत सामाग्री लिएर हसना जर्मनी संस्थाको टोली जाजरकोट प्रस्थान

लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?