Logo

भेरीमा अस्पतालका चिकित्सकको लापरवाहीले पेटमै बच्चा को मृत्यु,

Samachar Rekhanews ६ जेष्ठ २०७९, शुक्रबार ००:२३ मा प्रकाशित

नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकको लापरवाहीले गभर्वतीको पेटमै बच्चाको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन् । नेपालगन्ज उपमहानगरपालिका–८ की २३ वर्षकी रेशमा अन्सारीलाई सुत्केरी व्यथाले च्यापेपछि भेरी अस्पताल गएकी थिइन् ।

चिकित्सकहरुले गर्भवतिको अवस्था सामान्य भनेका थिए । बच्चाको अवस्था पनि नर्मल भनेका थिए । १० बजे आफ्नो गर्भ चेकजाँच गरेकी उनको दिउँसोदेखि पेटमा बच्चा चल्न छाड्यो । त्यसपछि भने चिकित्सकहरुले पेटभित्र बच्चा मृत्यु भएको बताएका छन् । उनको शल्यक्रिया गरेर मृत बच्चा निकालिएको छ । आमाको अवस्था सामान्य रहेको बताइएको छ ।

विहानभरी बच्चा नर्मल छ भनेका चिकित्सकहरुले एकाएक पेटको बच्चा मृत भनेपछि पीडित परिवारहरुले चिकित्सकको लापरवाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालमा रहेका चिकित्सक तथा नर्सहरुको गैरजिम्मेवारका कारण गर्भवति महिलाको ज्यान जोखिममा पर्ने गरेको छ ।

सुरुमा चेकजाँच र हेरचाहमा ध्यान नदिने अन्तिम समयमा हतार हतार चिकित्सकहरुले विरामीको अवस्थाबारे चासो राख्ने गरेका कारण विरामीको ज्यान जोखिममा पर्ने गरेको छ । यहाँसम्मकी अस्पतालजस्तो संवेदनशील ठाउँमा चिकित्सक तथा नर्सहरु सामाजिक संजालमा झुन्डिने गरेका छन् ।

विरामीको हेरचाह नगरेर उनीहरु फेसबुकमा झुन्डिदा विरामीले केयर नपाउने गरेको अस्पताल पुग्नेहरु बताउँछन् । यो घटनापछि पीडितका परिवारले छानवीन र कारवाहीको माग गरेका छन् । आफन्तहरुले दवाव दिएपछिमात्रै पेटभित्रको बच्चा निकालिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?