Logo

भेरी अस्पतालको सुरक्षामा प्रहरी निरिक्षक कमाण्डमा २५ जना प्रहरीको टोली परिचालन

Samachar Rekhanews १५ जेष्ठ २०७८, शनिबार १६:४९ मा प्रकाशित

बाँके जेठ १५ गते ।
बिहिवार भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनापछि अस्पतालमा २५ जना प्रहरीको टोलि परिचालन गरिएको छ ।

कोरोना संक्रमणको महामारीका बेला अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि भएको आक्रमण पछि सुरक्षाको माग गर्दै शुक्रबार स्वास्थ्यकर्मीहरुको आन्दोलन पछि शनिवार प्रहरी सुरक्षा थप गरिएको हो ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानाले अस्पतालमा थप सुरक्षा आवश्यक देखिएकाले सोही अनुसार व्यवस्था मिलाइएको बताए । उनका अनुसार, महामारीको अवस्था सामान्य रुपमा नआएसम्म प्रहरी सुरक्षा राखिने बताए ।

प्रहरी बाहेक निजी सुरक्षाकर्मी पनि यसअघिदेखिनै भेरीमा परिचालित छन् । घटनाको बेला प्रहरी तथा निजी सुरक्षागार्डको प्रभावकारी भूमिका नदेखिएपछि अझै समस्या बढेको थियो ।
सात जना प्रहरी र २१ जना सुरक्षा गार्ड रहेको भेरीमा तीन गुना सुरक्षाकर्मी बढाइएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?