Logo

भोलि शनिबार भारतीय पत्रकारहरुको नेपालगन्जमा ऐतिहासिक जमघट हुने

Samachar Rekhanews १८ चैत्र २०७८, शुक्रबार १७:१४ मा प्रकाशित

नेपालगन्ज, १८ चैत्र – भोलि शनिबार दिन भारतीय पत्रकारहरु माता बागेश्वरीको पावन धर्तीमा जमघट हुने भएको छ । मधेश मिडिया मिसन नेपालको आयोजनामा र सत्यमखबर डटकमको सहयोगले हुन गईरहेको पत्रकारहरुको जमघटमा बाँके जिल्लाको नेपालगन्जमा क्रियाशिल रहेका वरिष्ठ पत्रकारहरुको उपस्थिति रहने छ ।
जसमा बाँके जिल्लाका नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, नेपाल टेभिजन कोहलपुरका प्रमुख विजय बर्मा, नेपाल पत्रकार महासंघ लुम्बिन प्रदेशका सदस्य मो. आरिफ अन्सारी, रेडियो कृष्णसार एफएफका तुला अधिकारी, जनमत अर्धसाप्ताहिकका पुर्णलाल चुके, राजधानी दैनिकका रूद्र सुवेदी, कान्तिपुर दैनिकका ठाकुर सिंह थारू, रेडियो बागेश्वरी एफएफका शुक्रऋषि चौलागाई, दैनिक नेपालगन्जका झलक गैरे, वरिष्ठ पत्रकार निरज गौतम, वरिष्ठ पत्रकार कृष्ण अधिकारी, प्रेस चौतारी बाँके शाखा अध्यक्ष दुर्गा रोकाय, कान्तिपुर टेलिभिजनका जे. पाण्डे, निशा शाह, साप्ताहिक पाक्षिक संजाल अध्यक्ष अक्षरी पोखरेल, प्रेस सेन्टर बाँके अध्यक्ष डक्ट धिताल, नयाँ पत्रिका दैनिकका विश्वराज पछलडङ्या, रेडिया रुबरु एफएम सकिल अहमद कादरी, नाईलखबर अनलाईनका अजय पाठक, अनलाईन खोजखबरका जाबेद अन्सारी, वरिष्ठ समाजसेवी माधवराम बर्मालगायत रहेका छन् ।
त्यता भारततर्फबाट रुपैडिहा पत्रकार संघका अध्यक्ष शेर सिंह कसौधन, अमर उजाला दैनिक हिन्दीका प्रतिनिधि संजय बर्मा, हिन्दुस्तान हिन्दी दैनिकका मनिराम शर्मा, आज हिन्दी दैनिकका निरज वर्नवाल, अतुल चेतना भारतका प्रतिनिधि रहिस अहमद, राष्ट्रिय सहारा दैनिकका रहिस, पोर्टल न्यूजका श्यामकुमार मिश्रा, स्वतन्त्र भारत हिन्दी दैनिकका इरशाद हुसैन, विश्ववार्ता पत्रिकाका प्रतिनिधि नवि अहमद, जनमोर्चा दैनिकका सुरेश मधेसिया, दैनिक जागरणका प्रतिनिधि राजेश सिंह, प्रिन्ट एण्ड इलेक्ट्रोनिक जर्नालिस्ट एशोसिएसन बहराईचका कुँवर दिवाकर सिंह, पब्लिक एप जिल्ला बहराईचका प्रतिनिधि प्रदीपकुमार शर्मा, आर भारत न्यूज चैनल बहराईचका प्रतिनिधि आमिर खान, टी.एन.आई. न्यूज टी.भी. चैनल बहराईचका प्रतिनिधि राहुल सिंह, दैनिक न्यायाधिश बहराईच प्रतिनिधि मो. जुनेद, एफएम न्यूज बहराईचका विद्या भूषण सिंह, जे.के.२४–७ न्यूज चैनलका ब्यूरो चिफ बहराईचका अजय शर्मा, समाचार पत्र हिन्दी दैनिक बहराईचका प्रतिनिधि हनुमानप्रसाद गुप्ता, जि न्यूज टि.भी. चैनल बहराईचका प्रतिनिधि राजिव शर्मालगायतको यस कार्यक्रममा सहभागिता रहने छ ।
मधेश मिडिया मिसन नेपालले ‘होली मिलन’ अउर ‘सीमानाका क्षेत्र मैहां मिडियाकर्मी कै भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम नेपालगन्जको नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा शनिबार बिहान ११ बजेदेखि यो अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
यस अन्तरक्रिया कार्यक्रममा भारतमा विभिन्न रोजगारी गरी फर्केका नेपालीसँग लुटपाट, त्यस्तै नेपालबाट भारतमा विवाह भएकी चेलीबेटीसँग दुव्यर्वहार र उत्पीडन, चेलीबेटी बेचबिखन, त्यस्तै नेपाल भारतको पत्रकारिताको विकास र सम्बन्ध, नेपाल भारत एकता सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्नेछ ।
नेपालबाट भारततर्फ विवाह भएकी चेलीबेटीसँग त्यहाँ दिनहुँ उत्पीडनको घटना बढदै गएपछि यस्तो घटना नियन्त्रणका लागि पहल गर्न विगत केही महिनादेखि मिसन नेपालले नेपालगन्ज कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यसँग आग्रह गर्दै आएको छ । तर समस्या समाधान गर्न समाजले उदासिन रवैया अपनाएकोले मिसनले भारतीय सञ्चारकर्मीहरुसँग हातेमालो गरी दाईजो समस्या र नेपाली चेलीबेटीसँगको दुव्यर्वहार, उत्पीडनलगायतका घटना निराकरणका लागि यो ऐतिहासिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
यस कार्यक्रमबाट नेपाल भारत बीचको सम्बन्ध अझ प्रगाढ हुने र नेपाली चेलीबेटीको विभिन्न समस्याहरु समाधान हुने आपेक्षा लिईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?