Logo

मंसिर १ देखि ४ गतेसम्म बाँकेका सीमा नाकाहरु बन्द रहने

Samachar Rekhanews ३० कार्तिक २०७९, बुधबार १२:०३ मा प्रकाशित

३० कार्तिक, नेपालगञ्ज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाकाहरु २०७९ मंसिर १ गते रातको १२ बजेदेखि २०७९ मंसिर ४ गते रातको १२ बजेसम्म बन्द रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेद्वारा मंगलवार जारी गरिएको सूचनामार्फत उक्त कुराको जानकारी गराइएको हो ।
उक्त समयमा पेट्रोलियम पदार्थ, औषधिजन्य वस्तुको ढुवानी तथा एम्बुलेन्स सेवा भने यथावत रुपमा आवत जावत गर्न दिइने समेत जानकारी गराइएको छ ।
यस्तै सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले मंगलवार विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।
गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ । सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको उनले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?