Logo

मधेश मिडिया मिशन नेपालको मातहतमा नागरिक अधिकार मञ्चको गठन

Samachar Rekhanews २३ आश्विन २०७८, शनिबार १७:३८ मा प्रकाशित

नेपालगन्ज, २३ असोज – मधेश मिडिया मिशन नेपालको मातहतमा नागरिक अधिकार मञ्चको गठन गरिएको छ ।
मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला शाखाको शनिबार बसेको बैठकले मञ्चको अध्यक्षमा रमेशचन्द्र कुमाल, उपाध्यक्षमा सन्तोषकुमार कौशल, सचिव सोनाली वैश्य, कोषाध्यक्ष विजयलाल वैश्यलाई चयन गरेको छ ।यसैगरी, सदस्यहरुमा क्रमशः सन्तोषकुमार वैश्य, उमेशनाथ मिश्रा, बनि अमीन सल्मानी, आकाश गुप्ता, बाबु गुप्ता, लक्ष्मी गुप्ता, आशा ढकाल, रामरुप साहूलाई चयन गरेको छ ।बैठकले नागरिक अधिकार मञ्चले नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडा, गाविस, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिकामा आफ्नो विभिन्न शाखा, उपशाखा गठन गर्ने समेत निर्णय गरेको छ ।नागरिक अधिकार मञ्चको सल्लाहकारमा अजयकुमार गुप्ता, सीमा कशौधन, चन्द्रेश्वरराज त्रिपाठी र मनोजकुमार रहेका छन् । बैठकलाई सम्बोधन गर्दै सल्लाहकार अजयकुमार गुप्ताले नागरिक अधिकार मञ्चको दायरा बारे जानकारी गराउँदै सबै नागरिकको हक अधिकारको जानकारी गराउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने र यसबाट मानव अधिकारको संरक्षण र भ्रष्टाचार अनियमितता समाप्त हुने बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?