Logo

मनोज तमौलीलाई अभद्र व्यवहारमा कारबाही हुने

Samachar Rekhanews २३ माघ २०७८, आईतवार १५:२४ मा प्रकाशित

बाँके माघ २३ गते ।
‘पत्रकार हुँ’ भन्दै नाकाका प्रहरीसँग पैसा उठाउने मनोज तमौलीलाई अभद्र व्यवहारमा कारबाही हुने भएको छ ।

बाँकेका एसपी श्याकृष्ण अधिकारीका अनुसार यसअघि पनि पक्राउ परेका तमौलीलाई अभद्र व्यवहारमा कारबाही हुने बताउनुभयो । जानकी गाउँपालिका ६ गनापुरका तमौलीलाई हिंजो प्रहरीले पक्राउ गरेको थियो ।

भन्सारमा खटिएका प्रहरी हवल्दारसँग दश हजार रुपैया मागेका तमौलीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको थियो ।तमौलीले नाकामा खटिएका प्रहरीलाई ‘तिमीले पैसा लिएको भिडियो छ ।

पैसा देऊ नत्र सार्वजनिक गरिदिन्छु’ भन्दै धम्क्याउने गर्दथे । हिंजो एक हवल्दारसँग दश हजार मागेका उनलहाँ चार हजार रुपैया हात पारेका थिए ।यसअघि पनि तमौलीले प्रहरीलाई क्यामेरा किनिदेउ भन्दै धक्म्याएका थिए । प्रहरीले त्यतिबेला सार्वजनिक मुद्दा चलाएको थियो ।

तमौली धरौटीमा छुटेका थिए ।तमौलीले क्राइम सतर्क टेलिभिजनको कार्ड बोकेका छन् । यसअघि एबीपी क्राइम न्यूजको कार्ड लिने गर्दथे ।

एबीपी क्राइम न्यूजका आशिष मल्ल केही दिनअघि मात्रै धरौटीमा छुटेका छन् ।यी दुवै पत्रकारका नाममा गलत काममा लाग्ने प्रहरीको भनाई छ । दुवै जना पत्रकारका कार्यक्रमहरुमा पनि देखा पर्ने गर्दछन् । यद्यपि, नेपाल पत्रकार महासंघको सदस्य छैनन् । साभार खोजखबर


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?