बाँके / शिक्षा तथा स्वास्थ्यका सरोकारवालाहरुका लागि बाल संरक्षण, लैंगिक हिंसा न्यूनीकरण तथा मनोसामाजिक सहजकर्ताका लागि मनोसामाजिक सम्बन्धि दुई दिवसीय तालिम आइतबार सम्पन्न भएको छ ।
युनिसेफ नेपालको प्रविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना र जानकी गाउँपलिकाको समुन्वयमा सरोकारवालाहरुका सहजकर्ताका लागि तालिम जानकी माविमा आयोजना गरिएको हो ।
सो तालिममा जानकी गाउँपालिका प्रमुख छब्बन खाँको प्रमुख अतिथीत्वमा र योजना शाखा अधिकृत शोभा पौडेल, गाउँपालिका परामर्शदाता सोहराब इद्रीसीको अतिथिमा कार्यक्रमको समापन गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै खाँले शिक्षामा भएको कमि कमजोरीलाई पूरा गरि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले महिला हिंसाको बढ्दो घटनालाई नियन्त्रण गर्ने पालिका लागि पर्ने बताउनु भयो ।
सो तालीममा लैङ्गिक हिंसा तथा बाल संरक्षण सम्बन्धि तालिममा सहभागी सहजकर्ताले बालहिंसा, दुर्ववहार, यौन शोषण विभेदमुक्त बनाउन विषय वस्तु बारे प्रतिबद्धता गरेका छन् । तालिममा सहभागी सहजकर्ताले बालबालिका र अभिभावकलाई मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण र लैङ्गिक हिंसा बारे सचेत नगराइए कै कारण बालबालिका जोखिममा पर्ने गरेको बताए ।
सोही तालिममा सिकेका सुचना जानकारी व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको सहजकर्ता को बुझाई थियो । तालिममा मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण, लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन, घटना व्यवस्थापन र सहयोग प्रणाली स्थापना लगायतका बिषयवस्तुमा मनोविमर्शकर्ता गणेश पौडेलले सहजीकरण गर्नुभएको थियो ।
तालीममा पंजिकरण शाखा अधिकृत राजिव चौधरी, शिक्षा शाखा सहायक अयोध्या प्रसाद यादव, स्वास्थ्य शाखाका सिनियर अहेवा. मेघराज बराल, स्वास्थ्य शाखाकी सिअनमि. मिना मिश्रा, शितल राज भण्डारी, स्वास्थ्य शाखा सिअहेव. प्रकाश शाह, माया रिजाल, गिता शाही, सुरेन्द्र रेग्मी, महिमा केसी लगायत प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । भने तालिममा २५ जना सहजकर्ताको सहभागिता रहेका प्रेस सल्लाहकार साहिल शेषले जानकारी दिए ।
समापन सत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका बाल संरक्षण अधिकृत अजय सिंह चौधरीले कार्यक्रमको सफलता र कार्यान्वन बारे शुभकामना मन्तव्य राख्नुभएको थियो ।