Logo

मन्त्री अथकद्वारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

Samachar Rekhanews ४ माघ २०७८, मंगलवार १८:०६ मा प्रकाशित

काठमाण्डौं, ४ माघ
विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्मासन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल हुनुभएको छ । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल हुुनुभएको हो ।
सोमबार युवातथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।
सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासन गर्नुभएको थियो । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?