Logo

मन्त्री अथकद्वारा “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्पण

Samachar Rekhanews २१ श्रावण २०७९, शनिबार २१:४८ मा प्रकाशित

२१, साउन, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतिमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृति लोकार्षण गर्नुभएको छ । शनिबार काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री अथकले उक्त कृति बिमोचन गर्नुभएको हो ।
कृति बिमोचन गर्दै मन्त्री अथकले सिंहले नेपाली खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । नेपाली खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका सिंहको ब्यक्तित्वबाट नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरणा मिल्ने उल्लेख गर्दै मन्त्री अथकले अग्रजलाई सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।
खेल क्षेत्रमा आफ्नो मूल्यवान जिवन बिताएका अग्रज खेलाडीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सिंहको सम्मानका लागि छुट्टै कोष स्थापना गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
सिंहकी श्रीमती पद्मावती सिंहले उक्त कृति प्रकाशन गर्नुभएको हो । कृति बिमोचन कार्यक्रममा सिंहका समकालीन खेलाडी, साहित्यकार तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?