Logo

मन्त्री अथकद्वारा १०४ हजयात्रीलाई बिदाइ

Samachar Rekhanews ७ असार २०७९, मंगलवार १७:१८ मा प्रकाशित

७ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले इस्लाम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हजयात्रीलाई बिदाइ गरेका छन् ।
उनले मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
मन्त्री अथकले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजकालागि मक्का मदिना जान लागेका १०४ हजयात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका थिए । बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री तथा १ जना प्रतिनिधी रहेका छन ।
हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?