सरला सुवेदी
बाँके । नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका १४ नम्बरका वडाअध्यक्ष पदका उम्मेदवार ज्ञानेन्द्र थापाले आफुलाई भोट दिएर जिताए वडालाई सम्बृद्धि बनाउने बताएका छन्।
सामाजिक काममा सकृय थापा राजनीतिक क्षेत्रमा नि अब्बल छन् । थापा पदमा नहुदा पनि आफ्नो ठाउँको जनताको सेवामा दिनरात खटिने उनी आफ्नो वडामा मात्र होइन बाँके जिल्लामा युवाहरु माझ निकै लोकप्रिय छन् ।
उनी सधै वडाबासिको लागि आफुले वडाका कोही विरामी पर्दा औषधि उपचारदेखि मानवीय सेवा गर्दै आएका छन् । उनले कोहलपुर १४ हवल्दारपुरमा अवस्थित श्री राम माबीमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका लगभग ८० जना विद्यार्थीहरुको लागि ड्रेस झोला, कपि किताप र उनिहरुको बर्षबरी लाग्ने शुल्क तिर्ने गरेको बताए।
थापाले आफुले चुनाव जितेपछी पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय र
प्रभावकारी सेवा दिने बताए। उनले वडा भित्र भएका बिपन्न परिवारलाई निशुल्क स्वास्थ शिक्षा उपलब्ध गराउने वडाका सबै घरमा स्वच्छ पानी पुर्याउने र पाटिले गरेका सबै प्रतिबद्धता आफुले तन मन दिएर पूरा गर्ने बताए।