Logo

महाधिबेशनको तयारीमा अवधी पत्रकार संघ

Samachar Rekhanews ८ असार २०७९, बुधबार २३:११ मा प्रकाशित

नेपालगन्ज, ८ असार । अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रीय महाधिबेशन तथा १४औ साधारण सभाको तयारी शुरु गरिएको छ । संघको केन्द्रीय महाधिबेशन तीन महिनाभित्र गर्ने निर्णय गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिबेशनको तयारीका लागि नयाँ सदस्यता आबेदन र सदस्यता नविकरणका लागि सर्कुलर जारी गरेको छ ।
काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्ला शाखामा रहेका सम्पुर्ण सदस्यहरुको नविकरण र नया सदस्यताका लागि आबेदन खुल्ला गरिएको बैठकले निर्णय गरेको छ । नयाँ सदस्यता र नविकरण पश्चात जिल्ला शाखाहरुको अधिबेशन गरिने छ । सोका लागि सबै जिल्ला शाखाहरुलाई १५ दिनभित्र आफना सदस्यहरुको नविकरण गर्न केन्द्रीय समितिले अनुरोध गरेको छ ।
बैठकले संघको प्रशासनिक कार्यालयको दैनिक कार्य सञ्चालनका लागि संघका सदस्य भिष्म लोधलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले अवधी समुदायका अगुवा चित्रकार आशाराम मौर्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?