Logo

महिला अधिकारकर्मिको भेला नेपालगन्जमा सम्पन्न।

Samachar Rekhanews २५ जेष्ठ २०८०, बिहीबार १८:३१ मा प्रकाशित

सरला सुबेदी बाँके । बाँकेमा महिला अधिकारकर्मिहरुको भेला सम्पन्न भएको छ। संकल्प शान्ती, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजालको आयोजनमा महिला अधिकारकर्मिसङ्ग बिचार कार्यशाला गोष्ठि गरिएको हो।
यस्तौ नारीवाद अन्तरपिढी, अन्तरसम्बन्ध महिला नेतृत्व र लैङ्िगक मूल प्रवाहिकरणका बारेमा सहजकर्ता कैलाश राईले सहजीकरण गरेकि थिइन । उनले छलफलमा महिला अधिकारको अवस्था महिला अधिकार स्थापित गर्नका लागि गर्नुपरेका संघर्ष महिलाहरुको अधिकार स्थापित गराउदा उठेका सवाल र उपलब्धिका बारेमा बताएकी थिइन् ।

यस्तै कार्यक्रममा लैङ्गिकता ,मिडिया र सन्चारका बारेमा संकल्पका कार्यकारी सदस्य अमिका राजथलाले महिलाहरुलाई आफ्ना समस्या अनि मुद्दा  मिडियासम्म कसरी पुर्याउने र महिलाका मुद्दाहरुलाई कसरी मिडिया स्थापित गराउने भन्ने बारेमा सहजीकरण गरेकी थिइन् ।

संकल्प शान्तिमा नौ वटा सस्थाको आवद्धता रहेको छ। आठ वटा जिल्लाको ५० जना भन्दा बढिको सहभागिता रहेको थियो। सहभागी महिलाहरुले कार्यक्रममा महिला हक अधिकारलाई स्थापित गराउन आ आफ्नो ठाउँबाट लागिपर्ने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?