Logo

महोत्तरीमा गोली प्रहार गरि लुटपाट, एक महिला घाइते

Samachar Rekhanews २५ जेष्ठ २०७८, मंगलवार १३:२८ मा प्रकाशित

जनकपुरधाम जेठ २५ गते ।
महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा गए राति गोली प्रहार गरि लुटपाट भएको छ।

स्थानीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको हो। लुटपाट गर्ने क्रममा डाकाहरूले रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साह माथि गोली प्रहार गरेका छन्।

गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका एसपी प्रकाश विष्टले जानकारी दिए।

गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ। एसपी विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?