Logo

माओवादी निकट कर्मचारी महासंघद्धारा ५० जना मजदुरलाई राहत सहयोग

Samachar Rekhanews २९ जेष्ठ २०७८, शनिबार १३:०९ मा प्रकाशित

बाँके जेठ २९ गते ।
माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघ, बाँकेले कोभिड महामारीमा खाद्यान्न अभावमा जुधिरहेका व्यक्तिहरुलाई सहयोग गरेको छ ।

बिश्वब्यापी रूपमा फैलिएको कोभीड १९ बाट पीडित गरिब, असहाय मजदुरहरुका लागि नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला कार्यसमिति बाँकेको पहलमा राहत बितरण तथा हस्तान्तरण कार्यको लागि आर्थिक सहयोग भएको संघका अध्यक्ष पवन देब अर्यालले बताउनुभयो ।

अर्याल आफैले चार हजार सहयोग गर्नुभएको छ । यस्तै हरिशचन्द्र पाण्डेले ४ हजार, सुशिल शर्माले ५ हजार, प्रकाश केसी ४ हजार, हरि थापा ४ हजार, भुपेन्द्र वोहरा ४, महेश विकले ४, लक्ष्मण केसी ४, लोकेन्द्र रावत ५, सक्त परिवारले ४, भीम सुनार ३, बज्रभुषण झा ३, रामकिसुन थारु २, मनराज थापा २५ सय, नवराज अधिकारी २, पुजा बस्याल २, चन्द्र कडेल २ र राजेश साउद २ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । यही रकमबाट खाद्यान्न खरिद गरेर पीडितहरुलाई वितरण गरिएको अर्यालले बताउनुभयो ।

उहाँले ५० जनालाई २५ किलोको चामल, मास्क र सेनिटाइजर वितरण गरिएको जानकारी दिनुभयो ।
कुनै पनि गरिव तथा असहय मजदुरहरु भोकभोकै मर्न नपरोस् भनेर आफुहरुले सहयोग गरिएको बताउनुभयो । राहात वितरणमा माओवादी नेता अक्कल बम, नवीन शर्मा, डिल्ली बराललगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?