Logo

मानवता जोगाउन अत्यन्त जरुरी` सूफी बिचारधारा

Samachar Rekhanews २ श्रावण २०७८, शनिबार २३:४९ मा प्रकाशित

 

साबिर अन्सारी
बाँके, २ साउन ।
सूफी बिचारधारा बोकेको दरगाहे आला हजरतले नेपालमा राहत बाड्ने कामलाई निरन्तरता दिएको छ । भारतको उत्तर प्रदेश बरेलीमा रहेको मर्कजे अहले सुन्नत दरगाहे आला हजरतका प्रमुख सुबहान रजा खान सुबहानी मियाँ र सज्जादा नसीन अहशन रजा खानले नेपालमा कोरोनाबाट पीडित गरिब असाहयको लागि राहत सामाग्री पठाइ मानवताको सन्देश दिनुभएको छ ।

शुक्रबार बाँकेको नेपालगञ्जमा राहत सामाग्री वितरण गरेको दरगाहे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले सनिवार कपिलवस्तुको कृष्ण नगरमा पनि राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । प्रतिनिधि मण्डलले मार्च १३ मा नेपालको अधिकांश जिल्लाहरुमा अवलोकन गरि रिपोर्ट तयार गरेको थियो । दरगाहे आला हजरतका प्रतिनिधि मौलाना सलीम नूरीले भन्नू हुन्छ उक्त रिपोर्टको आधारमा दरगाहे आला हजरतबाट राहत सामाग्री पठाएको छ । राहत सामाग्रीमा ५ किलो चामल, ५ किलो अटा,१ किलो चिनि,१ किलो नमक,१ किलो मसूर दाल र १ लिटर तेल रहेको थियो । कपिलवस्तुको कृष्ण नगरमा कोरोना प्रभावित सबै समुदायको १४० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । सलीम नूरीको अनुसार मानवतालाई जोगाउन शान्ति, सद्भाव भाइचाराको अवश्यकता जरुरी छ । नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आर्का प्रती सहयोगको भावना राख्नु र सूफीशन्तहरुबाट समन्वय कायम गर्न आग्रह नूरीले गर्नु भयो । नेपाल र भारत बीचको दीनी सम्बन्धलाई अझ बलियो बनाउन नेपालमा आउने दिनमा समेत सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । नूरीको अनुसार दरगाहे आला हजरतले विगतमा पनि नेपाली नागरिकहरुलाई शैक्षिक , आर्थिक , सामाजिक रुपले सहयोग गर्दै आएको छ । ´

त्यस्तै नेपाल वल्मा काउन्सिलको केन्द्रिय अध्यक्ष मौलाना मुस्ताक रिज्वीले समेत नेपालमा शान्ति सद्भावलाई कायाम राख्न सूफी बिचारधाराको अवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नू हुन्छ, सूफीनिज्म बिचारधाराले नेपाली मुस्लिम मात्र होइन सबैलाई मानवताको सन्देश दिने काम गर्दै आएको छ । केही कथित दीने ईस्लाममा केही जमातहरुले सूफीइज्म बिचारधारा विपरीत काम गरेकोले आम नागरिकले दीने ईस्लामलाई हेर्ने दृष्टि विभिन्न भएको छ । उहाँले बताउनु भयो नेपाली सुन्नी मुस्लिमहरुले मानवतालाई जोगाउन सूफिनिज्म बिचारधारा बोकेको अहले सुन्नत वल जमातबाट सम्बन्ध बलियो बनाउन जरुरी छ ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल वल्मा काउन्सिल कपिलवस्तुका लगायत जिल्ला मौलाना शाहबुद्दीन रिज्वी, मौलाना गुलाम मुस्तफा, लगायत जिल्ला भरीको अधिकांश वल्मा र मुस्लिम समुदायको अग्रजहरुको उपस्तिथि रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?