Logo

मानवबेचविखन विरुद्ध अन्तरपुस्ता संवाद कार्यक्रम

Samachar Rekhanews २५ मंसिर २०७८, शनिबार २३:४२ मा प्रकाशित

नेपालगञ्ज, २५ मङ्सिर । बाँके जिल्लाका चार वटा पालिकाका मानवबेच विखन बिरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारी तथा सदस्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको प्राटेक्ट परियोजना अन्तर्गत नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका, खजुरा तथा बैजनाथ गाउँपालिकामा गठन गरिएका मानव बेचविखन विरुद्धका समिति र बालअधिकार समितिका पदाधिकारीका लागि सो अन्तरपुस्ता संवाद कार्यक्रम आयोजना गरिएको हो ।
सो संवाद कार्यक्रमको अध्यक्षता गर्दै खजुरा गाउँपालिकाका उपमेयर एकमाया विकले मानव बेचबिखन नियन्त्रण र बालअधिकार बहालका लागि यस्ता संवाद कार्यक्रमहरु निकै फलदायी हुने बताउनुभयो ।
कार्यक्रममा खजुराका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपाने, जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रहरी सहायक निरिक्षक दिलसरा राना लगायतले महिला बेचविखन नियन्त्रणका लागि सबैले सामुहिक रुपमा प्रयास नगरेसम्म सो नरोकिनेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागिहरुले महिला बेचविखन रोक्न विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रम चलाउनु पर्नेमा पनि जोड दिएका थिए ।
बाँके युनेस्को क्लबले मानवबेचविखन नियन्त्रणका लागि जिल्लाका विभिन्न ठाउँमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गर्दै आएको छ ।
बालबालिकाहरु र युवाका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको एक आपसमा आदानप्रदान गरी साझा बुझाई कायम गरेर मानवबेचविखन विरुद्ध सेचतना बढाउन सो सम्वाद निकै महत्वपुर्ण रहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण परियोजनाका फिल्ड सुपरवाइजर शंकर सिंह थारुले गर्नुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?