Logo

मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक कृष्णनगरमा सम्पन्न

Samachar Rekhanews १० फाल्गुन २०७८, मंगलवार २०:२५ मा प्रकाशित

कपिलवस्तु, फागुन १०
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कार्यालयमा मानव बेचबिखन नियन्त्रण पालिका स्तरीय समितिको बैठक सम्पन्न भएको छl
उक्त बैठकबाट कृष्णनगर नगरक्षेत्र भित्र संचालनमा रहेका मनोरंजन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहीत र मर्यादित श्रम सम्बनधी न्यूनतम मापदण्ड तथा अनुगमन निरिक्षण निर्देशिका २०७८ लाई कार्यपालिकाको बैठकमा पेश गर्ने र अनुगमन सम्बन्धमा बैठकले निर्णय गरेको छ l उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, बलराम पन्थी, इश्वरी प्रसाद पौडेल, राजेश मिश्र, महिला तथा बालबालिक शाखा प्रमुख थुमा देवी उपाध्याय, माइती नेपालका रूपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्री, माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना का कपिलवस्तु फिल्ड संयोजक विकाश श्रीवास्तव लगायत
प्रहरी, कर्मचारी, जन प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो l


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?