Logo

मानव बेचबिखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघ सस्थाविच सहमति

Samachar Rekhanews १४ मंसिर २०७९, बुधबार २२:५६ मा प्रकाशित

१४ मंसिर, नेपालगञ्ज । नेपाल भारत नाकाको प्रयोग गरेर लामो समयदेखि भैरहेको मानवबेचविखन रोक्न दुबै देशका सम्बन्धित अधिकारी र संघ संस्थाविच सहमति बनेको छ ।
प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवले नेपालगञ्जमा आयोजना गरेको बेचविखनका बिरुद्ध क्रस बोर्डर अन्तरक्रिया तथा अनुभव आदान प्रदान बैठकमा सो सहमति बनेको हो ।
मानव बेचखिनकाबिरुद्ध सक्रिय नेपाल–भारतका सुरक्षा अधिकारी र सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ काम गर्ने सहमति बनेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले दुबै देशका प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिविच मानवबेचविखन रोक्न सहकार्य र सहयोग आदान प्रदान गरेर अगाडी बढ्ने निर्णय भएको बताउनुभयो ।
मानव बेचखिनको जोखिममा परेकालाई उद्दार गर्नको लागि आवश्यक कानूनी अड्चनका कारण आफुहरुलाई कार्य क्षेत्रमा असहजता आएकोले विषय वस्तुको गम्भीरतालाई बुझेर सहकार्य र हातेमालोका साथ काम गर्ने निश्कर्ष सो बैठकमा निकालिएको आयोजक बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अली सिद्दिकीले जानकारी दिनुभयो ।
सो समन्वय बैठकमा जिल्ला प्रहरी कार्यालय बाँके महिला तथा बालबालिका सेलका ईन्चार्ज प्रहरी निरिक्षक महेश्वरी विष्ट, भारतको रुपैडिहा थानाका निरीक्षक तथा बालसंरक्षण अधिकारी विजय चौधरी, देहात संस्थाका अध्यक्ष देवयानी चर्तुवेदी, नेपालगञ्ज उपमहानगरका मानव बेचबिखन विरुद्धका अधिकृत आशा शाही, वडा प्रहरी कार्यालयका वरिष्ठ सई अभय रावत, प्लान नेपालका कार्यक्रम अधिकृत सन्तोष पुलामी, देहात संस्थाका हसन फिरोज र नागरिक समाज संस्थाहरु साना हाथ, साथी संस्था, शान्ति पुर्नस्थापना केन्द्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सोही प्रकारको बैठक यस अघि केही महिना पहिले भारतको बहराईचमा पनि आयोजना गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?